राष्ट्रकै सातौ धाम मालिकार्जुनका मुखियाको निधन, गाउँपालिकामा दुई दिन बिदा



न्युज अफ नेपाल, दार्चुला ।

राष्ट्रकै सातौधाम मालिकार्जुन धामका मुखिया रुद्रे सिंह धामीको सोमबार विहान निधन भएको छ । एक्कासी बिरामी भएर सोमबार विहान ७८ वर्षको उमेरमा आफ्नै निवास मडमा निधन भएको मालिकार्जुन मन्दिर व्यवस्थापन समितिका सचिव जनक सिंह धामीले जानकारी दिनुभयो । मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष समेत रहनु भएका मुखिया धामीको पार्थिव शरिर अन्तिम श्रद्धाञ्जलीका नेपाली कांग्रेसले सिलङगैरमा राख्ने जनाएको छ ।

मन्दिरका मुखिया तथा वडा अध्यक्ष धामीको निधन प्रति गाउँपालिकाले दुखः व्यक्त गर्दै प्रेस विज्ञप्ती जारी गरी गाउँपालिका भरीका सरकारी कार्यालयहरुमा आज र भोली सार्वजनिक बिदा गरेको जनाएको छ । मुखिया धामी २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार बनेर वडा अध्यक्षमा निर्वाचित हुनु भएको थियो । मन्दिरका मुखिया धामीको १८ गते (भोली) बिहान ९ बजे अन्तिम दाहसंस्कारका लागि शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेधाम आर्यघाटमा लगिने पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्