प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री पोखरा जाँदै



न्युज अफ नेपाल ,काठमाडौं।

पोखरामा प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण भेलालाई सम्बोधन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आज पोखरा जाँदै छन् । उनी आज बिहान ११ः४० मा यति एयरलाइन्सको जहाजमार्फत पोखरा जान लागेका हुन् ।

भेलालाई सम्बोधन गर्नुको साथै ओलीले भवन शिलान्यासदेखि रंगशाला निरीक्षणसम्म गर्ने कार्यक्रम रहेको छ । पोखरा ओर्लेलगत्तै प्रधानमन्त्री ओली गण्डकी प्रदेश सरकारले नदीपुरमा निर्माण गर्न लागेको प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको छ । शिलान्यास कार्यक्रममा सहभागी भएर १ बजे कार्यकर्ता भेलालाई ओलीले सम्बोधन गर्ने छन् ।

कार्यकर्ता भेलालाई सम्बोधनपछि प्रधानमन्त्री ओलीले पोखरा रंगशाला निरीक्षण गर्ने कार्यक्रम रहेको छ । पोखरा रंगशालामा निर्माण भएको फुटबल स्टेडियम, क्रिकेट रंगशालाको निरीक्षण गर्ने छन् भने त्यहाँ बन्न लागेको स्वीमिङ पुललगायतका विषयमा राष्ट्रिय खेलकुद परिषदले बिप्रिmङ गर्ने छ ।

ओली सोमबारै काठमाडौं फर्किने कार्यक्रम रहेको छ । प्रदेशस्तरीय भेला तथा प्रशिक्षणमा ११ जिल्लाबाट गाउँ तहदेखि केन्द्रीय सदस्यसम्मका नेतालाई ओली समूहले पोखरा ओराल्दै छ । संसद विघटन गर्ने निर्णयलाई सर्वोच्चले बदर गरिदिएपछि प्रदेशस्तरीय भेलामा पोखरा जान लागेका ओलीलाई धेरैले चासोका साथ हेरेका छन् ।

प्रतिक्रिया दिनुहोस्