झडेवा क्षेत्रलाई खुर्सानी पकेट क्षेत्रका रुपमा विकसित गरिादै



नेपाल समाचारपत्र, पाल्पा  । 

हरेक भान्सामा प्रयोग हुने खुर्सानीलाई आयआर्जन र, जीविकोपार्जनको आधार बनाउने तथा आर्थिक प्रगतिसमेत गर्ने गरी पाल्पाको एक गाउापालिका लागि परेको छ । जिल्लाको माथागढी गाउापालिकाको एक गाउा एक उत्पादन कार्यक्रमअन्तर्गत खुर्सानी खेतीको विस्तार गर्दै कृषकको आयस्तर बढाउनका लागि परेको हो ।

गाउापालिकाले वडा नम्बर ४ झडेवालाई खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार गरी आयआर्जनको माध्यम बनाउने गरी अभियान थालेको र सफल पनि बनेको जनाएको छ । स्थानीय कृषकले खेर गइरहेको जग्गालाई सदुपयोग गर्दै गाउापालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा खुर्सानी खेतीलाई वढावा दिादै लगेका छन् । गाउापालिकाले गत वर्षबाट यो कार्यक्रम अघि सारेको र गत वर्ष यही कार्यक्रममार्फत ६० लाखभन्दा बढी आम्दानी गर्न सफल बनेको गाउापालिका अध्यक्ष सन्तोषकुमार थापा मगरले बताउनुभयो ।

गत वर्षको कार्यक्रमालाई निरन्तरता दिादै गाउापालिकाले यो वर्ष पनि कार्यक्रम अघि वढाएको र १४ वटा स्थानीय कृषक समूहलाई खुर्सानीको बिउ लगायत आवश्यक सामग्री वितरण गरेको गाउापालिका अध्यक्ष थापाले बताउनुभयो ।गाउापालिकाका प्रमुख प्रशासकीय अधिकृत राजु नेपालले गाउापालिकाले प्रदान गरेको खुर्सानी खेती तालिम लगायतका क्रियाकलापबाट सफलता मिलेरको र आगामी दिनमा पनि सफल हुने विश्वास व्यक्त गर्नुभयो ।गउापालिकाका अध्यक्ष थापा आधुनिक कृषि प्रणालीले कृषकको जीवनस्तरमा आमूल परिवर्तन आउने बताउादै विकासका लागि कृषकको पनि सक्रियता जरुरी रहेको धारणा राख्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्