उत्पादनमुलक उद्योगको अध्ययन गरिने



नेपाल समाचारपत्र, काठमाडौं  ।

नेपाल उद्योग वाणिज्य महासंघ र उद्योग विभागबीच नेपालमा सञ्चालित उत्पादनमुलक उद्योगको गुणात्मक तथा परिमाणात्मक विश्लेषणसहितको अध्ययन गर्न समझदारी भएको छ । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र विभागका महानिर्देशक जीवलाल भुसालले हस्ताक्षर गर्नुभयो ।

अध्ययन गरीतयार गरिएको डाटावेसको सम्बन्धमा कुनै पनि बौद्धिक सम्पत्तिको अधिकार संयुक्त रूपमा महासंघ र विभागको स्वामित्वमा हुनेछ । दुवै संस्थाहरूले आगामी छ महिनाभित्र साना मझौला, मध्यम तथा ठूला स्केलका उद्योगसाग सम्बन्धित तथ्यांक संकलन गर्न प्रतिबद्धता जनाएका छन् । आपसी सहमतिअनुसार औद्योगिक क्षेत्रमा विकासका अवसर को खोजी र पहिचान गर्ने र औद्योगिक सुशासनको प्रवद्र्धन एवं उद्योगको सञ्चालनका क्रममा देखापर्ने समस्या, गुनासोलाई दुवै संस्थाको पहलमा सम्वोधन गरिने समझदारीपत्रमा उल्लेख गरिएको छ ।

उद्योग व्यवसायको निरन्तर संचालन मार्फत दिगो व्यावसायिक वातावरण निर्माण गर्न योजना तथा नीति निर्माणमा सहकार्य गर्ने, राजस्व वृद्धि र रोजगारी सिर्जना गर्न सहयोग पु¥याउने वातावरण निर्माण गर्न रणनीति तथा कार्ययोजना निर्माण गर्ने, महासंघले स्थानीय क्षेत्रको कच्चा पदार्थ र स्रोतको आवश्यकता पूरा गर्न सक्ने सम्भावित औद्योगिक क्षेत्रलाई प्राथमिकता र विश्लेषण गर्ने, विभागले त्यस्ता औद्योगिक क्षेत्रको पुनस्र्थापना गर्न अधिकतम प्रयास गर्ने, गुणस्तरीय र अत्याधुनिक पूर्वाधार विकास गरी नेपालबाट निर्यात बढाउन सहयोग गर्ने, नेपालले विश्व व्यापार संगठनको सदस्यताबाट प्राप्त गर्न सक्ने सम्भावित फाइदाका विषयमा अध्ययन अनुसन्धान गर्ने कुरा समझदारीपत्रमा उल्लेख गरिएको छ ।त्यस्तै पहिचान गरिएका क्षेत्रमा ठोस कार्य गर्न दुवै संस्थाबीच विभागको संयोजकत्वमा ६ सदस्यीय एक कार्यदल गठन गर्ने पनि समझादारीपत्रमा उल्लेख गरिएको छ ।

सोही समिति मार्फत नियमितरूपमा दुवै संस्थाहरु एक ठाउांमा वसी बैठक छलफल गर्ने, संकलित तथ्यांंकको भण्डारण, प्रशोधन, विश्लेषण र त्यसको प्रचार प्रसार र समन्वयवका लागि केन्द्रीय तथ्यांक विभाग, सम्बन्धित अन्य सरकारी निकायका पदाधिकारीहरू र गैरसरकारी संस्थाका प्रतिनिधिलाई समेत आवश्यकताका आधारमा आमन्त्रण गर्न सकिने उल्लेख छ ।मुलुकभित्र संचालित उद्योग व्यवसायका सम्बन्धमा ठोस र आधारिक तथ्यांकको नहुंदा उद्योग व्यवसाय विस्तारमा समेत कठिनाई पर्न गएको यथार्थताबीच महासंघ र बिभागको यो सहकार्यबाट संवोधन हुने अपेक्षा गरिएको छ । कार्यक्रममा महासंघका अध्यक्ष गोल्छाले सरकार र निजी क्षेत्रबीच भएको यो सहकार्यबाट आउने परिणामले आम नेपालीहरू लाभान्वित हुन सक्ने भन्दै अध्यक्ष गोल्छाले दोहोरो आर्थिक वृद्धि र प्रतिवर्ष ४ लाखलाई रोजगारी सिर्जना गर्ने लक्ष्यका साथ महासंघले तयार गर्न लागेको भिजन पेपरका लक्ष्यलाई पूरा गर्न पनि यो सहकार्य सहयोगी हुने विश्वास प्रकट गर्नुभयो ।

उद्योग विभागका महानिर्देशक भुसालले महासंघसांग अत्यन्त महŒवपूर्ण उद्देश्यका लागि भएको यो समझदारी सांच्नै समृद्ध मुलुक निर्माण गर्ने सरकारको अभियानमा सहयोगी हुने विश्वास प्रकट गर्नुभयो । महानिर्देशक भुषालले उद्योग विस्तार गर्न कहाा समस्या छन् । त्यसको पहिचान गरी समाधान गर्न विभागले महासंघको सहयोग खोजेको सन्दर्भमा यो सहमति महŒवपूर्ण पहल हुने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्