शेयर लगानीकर्तालाई दुई खर्ब रुपैयाँ भन्दा बढी नोक्सान



नेपाल समाचारपत्र, काठमाडौं  ।

लगानीकर्ताले आत्मविश्वास गुमाउादा एक सातामा दुई खर्ब रुपैयाँ भन्दा बढीले नोक्सान भएको छ । ३६ खर्ब रुपैयाँ भन्दा बढी नेप्सेमा सूचीकृत कम्पनीहरूको कुल बजार पुँजीकरण पुगेको स्थितिमा अहिले ३४ खर्ब ९ अर्ब २५ करोड ६८ लाख रुपैयाँको हाराहारीमा झरेको छ । बजार हल्लामा लगानीकर्ता अल्मिलिादा नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचकमा उच्च गिरावट आइरहेएको छ ।

साताको पहिलो दिन आइतबार नेप्सेमा ७९ दशमलव ७४ अंकले घटेर २४७४ दशमलव ३९ बिन्दुमा झरेको छ । कुल २०७ कम्पनीको १ करोड ६० लाख कित्ता शेयर ८ अर्ब ३५ करोड ५२ लाख रुपैयाँ भन्दा बढीमा कारोबार भएको छ ।आइतबार नयाँ नामाकरण भएको होटल तथा टुरिज्म समूहबाहेक बााकी सबै समूहको परिसूचक घटेको छ । यो समूह ११ दशमलव शून्य ८ अंकले बृद्धि हुादा बैंकिङ समूह ५४ दशमलव ५७, व्यापार समूह ११ दशमलव २२, विकास बैंक समूह ७५ दशमलव ५१, जलविद्युत् समूह ६७ दशमलव १५, वित्त समूह २९ दशमलव ७४, निर्जीवन बीमा समूह १७८ दशमलव १, उत्पादन समूह १९८ दशमलव २, अन्य समूह ८१ द्यशमलव ३५, लघुवित्त समूह १४१ दशमलव २९, जीवन बीमा समूह ६२४ दशमलव ८, सामूहिक लगानी कोष समूह शून्य दशमलव २४ र इन्भेस्टमेन्ट समूह ४ दशमलव १३ अंकले घटेको नेप्से जनाएको छ ।

कारोबार रकमका आधारमा शिखर इन्स्योरेन्स कम्पनी अग्रस्थानमा रहेको छ । सो कम्पनीको मात्रै एक अर्ब दुई करोड १६ लाख रुपैयाँ भन्दा बढीको शेयर कारोबार भएको छ ।यस्तै, पूर्वाधार बैंकको ६३ करोड ४९ लाख, ग्लोबल आइएमई बैंकको ३४ करोड, नेपाल पुनर्बीमा कम्पनीको २८ करोड ६१ लाख, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २५ करोड ७२ लाख, एनआईसी एसिया बैंकको २४ करोड ६० लाख, नबिल बैंकको २२ करोड ९४ लाख, नेपाल बैंकको २२ करोड ८५ लाख, नेको इन्स्योरेन्सको २२ करोड ६९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

यसैगरी आइतबार चन्द्रागिरि हिल्सका लगानीकर्ताले सबैभन्दा धेरै ९ दशमलव ८१ प्रतिशतले कमाएका छन् । यस्तै सिटिजन म्युचुअल फन्ड, शिखरको इन्स्योरेन्सलगायतका केही कम्पनीका लगानीकर्ताले मात्रै कमाएका छन् । उता गणपति माइक्रोफाइनान्स, नेपाल फाइनान्स, पूर्वाधार बैंक, नेपाल हाइड्रो डेभलपर, अपि पावर कम्पनी, बरुण हाइड्रोपावर, लिवर्टी इनर्जीलगायतका कम्पनीका लगानीकर्ताले भने गुमाएका छन् ।

साताको पहिलो दिन आइतबार नेप्सेमा ७९ दशमलव ७४ अंकले घटेर २४७४ दशमलव ३९ बिन्दुमा झरेको छ । कुल २०७ कम्पनीको १ करोड ६० लाख कित्ता शेयर ८ अर्ब ३५ करोड ५२ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्