यो माया नै हो सार्वजनिक



गायक प्रज्वल श्रेष्ठद्वारा स्वरबद्व नयाँ गीत यो माया नै हो सार्वजनिक भएको छ।

आकर्षक म्युजिक भिडियोसहित गीत सार्वजनिक भएको हो।गीतमा शब्द र संगीत समेत प्रज्वल श्रेष्ठकै रहेको छ। गीत गायनमा प्रज्वललाई विधान प्रधान ‘सीओडी’ ले साथ दिएका छन्।

प्रेमकथासमेत बुनिएको गीतको भिडियोमा श्वेता मिश्रा र सिमरन शाक्यले अभिनय गरेका छन्। अनिल मानन्धरको छायांकन र रोहेल बज्राचार्यको सम्पादन रहेको भिडियो मणिले निर्देशन गरेका हुन्। युवावर्गलाई लक्षित गरेर तयार पारिएको यो गीत सुपरस्टार इन्टरटेनमेन्टले ल्याएको हो।

प्रतिक्रिया दिनुहोस्