बार्सिलोनाद्वारा सेभिया पराजित



लन्डन, (एजेन्सी) ।

स्पेनिस ला लिगामा बार्सिलोनाद्वारा सेभिया पराजित भएको छ ।कप्तान लिओनल मेसीले प्रभावशाली प्रदर्शन गर्दै एक गोल र अर्को असिस्ट गरेपछि बार्सिलोनाद्वारा सेभिया २–० गोल अन्तरले पराजित भएको हो ।

सेभियाको घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले पहिलो हाफमै अग्रता बनाएको थियो । लियोनल मेसीको पासमा ओसमान डेम्बेलेले खेलको २९औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।सेभियाले दोस्रो हाफमा खेलमा फर्कने प्रयास गरे पनि सफल हुन सकेन । कप्तान मेसीले खेलको अन्त्यतिर गोल गर्दै टोलीको जित निश्चित गरेका थिए ।

खेल सकिन ५ मिनेट बाँकी रहँदा मेसीले एकल प्रयासमा गोल गरेका थिए । उक्त गोलसँगै लिगको सर्वाधिक गोलकर्ताको सूचीमा १९ गोलसहित उनले आफूलाई शीर्षस्थानमा उभ्याएका छन् । उनले लगातार ८ खेलमा गोल गरेका छन् । जितसँगै बार्सिलोनाको ५३ अंक पुगेको छ । यता पराजित सेभियाको भने २४ खेलबाट ४८ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्