युभेन्ट्सले अंक बाँडे



लन्डन, (एजेन्सी) ।

इटालियन सिरी ‘ए’ फुटबलमा बलियो युभेन्ट्सले भेरोनासँग बराबरी खेल्दै अंक बाँडेको छ ।शनिबार राति भएको खेलमा युभेन्ट्सलाई हेलास भेरोनाले १–१ गोलको बराबरीमा रोकेपछि समान एक–एक अंक बाँडेको हो ।

भेरोनाको घरेलु मैदानमा एक गोलको अग्रता जोगाउन नसक्दा युभेन्ट्सले अंक बाड्नुपरेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा युभेन्ट्सले अग्रता बनाएको थियो ।

खेलको ४९औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो । तर, खेलको ७७औं मिनेटमा एन्टोनियो बाराकले गोल गर्दै हेलास भेरोनालाई हारबाट जोगाएका थिए । यस बराबरीसँगै युभेन्ट्सले २३ खेलबाट ४६ अंक जोडेको छ । यता भेरोनाको ३५ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्