लगानीकर्ताले आत्मविश्वास गुमाउँदा नेप्सेमा गिरावट



नेपाल समाचारपत्र, काठमाडौं ।

केही दिनसम्म उकालो लागेको नेपाल स्टक एक्सचेन्ज ९ नेप्से० परिसूचक यो साता भने ओरालो लागेको छ । अघिल्लो साता २६३६ दशमलव ६८ बिन्दुमा रहेको नेप्से यस साता ८२ दशमलव ५५ अंक घटेर २५५४ दशमलव १३ बिन्दुमा झरेको छ । लगानीकर्ताले आत्मविश्वास गुमाउँदा नेप्सेमा उच्च गिरावट भएको विश्लेषकहरूको भनाइ छ ।

बजार वृद्धि भइरहेको स्थितिमा एककासी ब्रेक लाग्दा लगानीकर्ताहरू सशंकित बन्न पुगेका हुन् । परिसूचकसँगै लगानीकर्ताको सम्पत्तिमा पनि भारी गिरावट आएको छ । साथसाथै कारोबार रकममा पनि गिरावट आएको छ । यो साता साढे ९ अर्बले कारोबार घटेको यो साता साढे ९ अर्बले कारोबार घटेको छ । अघिल्लो साता ४४ अर्ब १४ करोड रुपियाँबराबरको शेयर किनबेच भएकोमा यस साता ३४ अर्ब ६० करोड रुपियाँ बराबरको शेयर किनबेच भएको छ ।

यसैबीच नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा नयाँ समूह थप भएको छ । आइतबारदेखि लागू हुने गरी लगानी समूह थप भएको नेप्सेले जनाएको छ । यसअघि नेप्सेमा १२ समुहगत परिसूचक रहेकोमा लगानी समूह थप गरी १३ वटा समूहगत परिसूचक कायम भएको छ ।लगानी समूहमा हाल अन्य समूहमा सूचीकृत नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नागरिक लगानी कोष, जलविद्युत् लगानी कम्पनी र एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलमेन्ट रहेका छन् । साथै नेप्सेले होटलको नाम समूहलाई पनि परिमार्जित गरी होटल तथा पर्यटन समूह बनाएको छ । समुहमा चन्द्रागिरी हिल्स कम्पनी समावेश गरिएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्