भद्रपुर भन्सारका कर्मचारी नै कर छल्दै



न्युज अफ नेपाल, भद्रपुर ।

भद्रपुर भन्सारमा कार्यरत कर्मचारी नै व्यापारीसँग मिलेर कर छली गर्दै आएको घट्ना बाहिरीएको छ । पटक–पटक भन्सार छलीका कारण बदनाम भएको भन्सार कार्यालय पछिल्लो समय पुनः कर छलीको आरोपमा मुछिएको हो । केही दिन अघि सामान बोकेर भन्सारबाट बहिरीएका तीनवटा गाडीलाइ प्रहरीले नियन्त्रणमा लिएपछि घट्ना सतहमा आएको हो ।

भारतको गलगलिया हुदै भद्रपुर नाकाबाट सामान भित्रिएको थियो । प्रहरीलाइ विषेश सुचना दिएपछि सामान बोकेका गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । तिनवटा गाडीमा रहेको २ सय ८६ कार्टुन सामानको तौल र परिमाणमा फरक भेटिएको आशङका भएपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको थियो ।

भन्सारबाट पास भएका मे १ ज २२१८,मे १ ज १८२१ र प्रदेश–०१००१ ज ३४७६ नम्बरका गाडीमा लोड गरिएको सामानसहित चालकलाइ झापा प्रहरीले नियन्त्रणमा लिएको थियो । भन्सारको प्रज्ञापन पत्रमा झापाको महाबीर ट्रेडिङ् आयत कर्ता देखिएको छ । पत्रमा भन्सारका नायव सुव्वा नानुका पोखरेल, लक्ष्मी विश्वकर्मा र किशोर आचार्यको हस्ताक्षर छ ।

कार्टुन भित्र मोवाइल सम्बन्धी सामान रहेको जिल्लाका डिएसपी राकेश थापाले बताउँनुभयो । भन्सार राजश्व शुल्क तिरे भन्दा बढी समानहरु रहेको हुन सक्ने भन्ने बिशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गाडीहरु चेकजाँच गर्ने क्रममा मोवाईलमा प्रयोग गरिने टेम्पर ग्लास बरामद गरिएको उहाँले जानकरी दिनुभयो ।

प्रज्ञापन पत्रमा २ हजार ९ सय किलो उल्लेख भएपनि तीनवटा गाडिमा ५ हजार एक सय ९९ किलो अर्थात् ४ लाख २९ हजार २ सय ७२ थान देखिएकोले पत्र अनुसार सामान नमिलेपछि छानविनका जिल्लामा ल्याइएको उहाँको भनाइ छ । सामानसँगै चालकहरु मे १ ज. २२१८का बुद्दीनाथ पौडेल , मे १ ज १८२१ का ऋषि कामत, प्र.–१–०१–००१–ज ३४७६ का मोहन राजवंशी र सामान दाबी गर्ने मनोज कुमार श्रेष्ठलाइ थप अनुसन्धान तथा कानुनी कारबाहीको लागी क्षेत्रिय राजश्व अनुसन्धान कार्यालय ईटहरी सुनसरीमा पठाइएको उहाँले जानकारी दिनुभयो ।

भन्सार चोरी पैठारी शिर्षकमा बुधबार मुद्दा दर्ता गरी उच्च अदालत ईलामको आदेशले १५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको उहाँको भनाइ छ । भन्सार कर्मचारीको असाबधीका कारण यस्तो भएकोले छानविनको दायरामा आउने भद्रपुर भन्सार प्रमुख प्रमोद पौडेलले बताउँनुभयो । दोषी ठहरिएमा कर्मचारीमाथि विभागले कारबाही गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्