कांग्रेस नेता जोशीको अवस्था गम्भीर



न्युज अफ नेपाल, काठमाडौं ।

मष्तिस्कघात भएका नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचाररत उनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएका छन् ।

अस्पतालले पत्रकार सम्मेलन गर्दैजोशीको स्वास्थ्य अवस्थाबारे जानकारी गराएको हो । बिहिबार राति साढे १२ बजे देब्रे हात बाउडिएसँगै कमजोर महसुस गरेका जोशीलाई परिवारले राति नै वीर अस्पताल लगेका थिए ।

अस्पताल पुर्‍याएसँगै बेहोस भएपछि जोशीको वीर अस्पतालमै सीटी स्क्यान गरिएको थियो । टाउकोमा रगत जमेको देखिएपछि उनलाई नर्भिक अस्पताल ल्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्