उपाध्यक्ष गौतम र प्रधानमन्त्री ओलीबीच भेटवार्ता, पार्टी एकताबारे छलफल



न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न गौतम बालुवाटार पुगेका छन् ।

गौतम पार्टी एकताको विषयमा छलफल गर्न बालुवमटमर गएको जनाइएको छ । यसअघि बिहीबारमात्रै गौतमले प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेका थिए । सो भेटमा गौतमले प्रचण्डसँग ओलीलाई सम्मानजनक तरिकाले हटाएर पार्टीबाटै नयाँ प्रधानमन्त्री चयन गर्न प्रस्ताव गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्