संगीतमा पिरती छ धेरै



गीतकार रमेश बिजीको प्रेमिल शब्द रचनामा प्रदीप अधिकारीको संगीत रहेको लोकगित पिरती छ धेरै डिजिटल बजारमा सार्वजनिक भएको छ।

गीत प्रदीप अधिकारी युटुब च्यानलमार्फत रिलिज गरिएको हो। भाइरल गायिका मेनुका परियार र नवगायक सिद्धार्थ मगरको स्वर रहेकोे गीतमा कृष्ण केसीको संगीत संयोजन रहेको छ। गीत–संगीतअनुसारकै गाउले परिवेश र भेषभूषालाई महत्व दिएर प्रस्तुत गरिएको म्युजिक भिडियो मण्डली फिल्म्स्ले निर्माण गरेको छ।

म्युजिक भिडियोमा कलाकार जीवेशसिंह गुरुङ, गरिमा शर्मा र विमल अधिकारी तथा बिना विश्वकर्माको माया पिरती र नाचगानलाई निकै मनमोहक र आकर्षक ढंगले प्रस्तुत गरिएको छ। मनोज कार्कीले सम्पादन गरेको पिरती छ धेरैको म्युजिक भिडियो निर्देशक तथा कोरियोग्राफर दीपेन्द्र तिमल्सिनाले निर्देशन गरेका छन्।

प्रतिक्रिया दिनुहोस्