गोल्डेन एथलेटिक्स मिट २०२१ हुने



काठमाडौं, (नेस) ।

आगामी फाल्गुन २९ गते दशरथ रंगशालामा गोल्डेन एथलेटिक्स मिट–२०२१ आयोजना हुने भएको छ ।काठमाडौं ललितपुर र भक्तपुर जिल्ला एथ्लेटिक्स संघको संयुक्त आयोजनामा र प्रो स्पोर्ट्स प्रा.लि को संयोजकत्वमा सञ्चालन हुने उक्त प्रतियोगितामा महिला र पुरूष सिनियरतर्फ ५ इभेन्ट्स तथा जुनियर तर्फ ३ इभेन्ट्स समावेश गरिएको छ । जसअनुसार सिनियर तर्फ १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर र ३ हजार मिटर दौड हुनेछ ।

त्यस्तै, जुनियर तर्फ १ सय मिटर, ४ सय मिटर र ८ सय मिटर दौडमा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने खेलाडीहरूलाई क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद पुरस्कारका साथै पदक तथा प्रमाण–पत्र प्रदान गरिनेछ । त्यस्तै, सिनियर र जुनियरतर्फ दुवै विधामा उत्कृष्ट नतिजा प्रदर्शन गर्ने महिला र पुरूष खेलाडीहरूलाई पनि पुरस्कृत गरिनेछ ।प्रतियोगितामा बिभागिय टिमका साथै विभिन्न निकायका खेलाडीहरूले भाग लिनेछन् । प्रतियोगिता सञ्चालनका लागि करिब रू. ७ लाख रकम खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्