मेसीको गोलमा बार्सिलोनाको जित



लन्डन, (एजेन्सी) । 

कप्तान लियोनेल मेसीले दुई गोल गरेपछि स्पेनिस ला लिगामा बार्सिलोनाले एल्चेविरुद्ध सहज जितको नतिजा निकालेको छ ।बुधबार राति भएको खेलमा क्याटलान क्लब बार्सिलोनाले एल्चेलाई ३–० गोलअन्तरले पराजित गरेको हो । घरेलु मैदान क्याम्प नोउमा बार्सिलोनाले पहिलो हाफमा गोल गर्न सकेन । तर, दोस्रो हाफ सुरू भएको तेस्रो मिनटमै बार्सिलोनाले गोलको खाता खोल्यो । मार्टिन ब्रेथवेटको ब्याकहिलमा कप्तान मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

त्यस्तै, खेलको ६८औं मिनेटमा फ्रेन्की डे जोङको मुभबाट उपलब्ध बलमा मेसीेले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे । खेलमा दुई गोल गरेसँगै मेसीले जारी सिजनको ला लिगामा आफ्नो गोलसंख्या १८ पु¥याएका छन् । उनी लिगको सर्वाधिक गोलकर्ता समेत बनेका छन् ।
त्यस्तै, दोस्रो गोल भएको ५ मिनेट नबित्दै ब्रेथवेटकै हेडरमार्फत् प्राप्त बललाई जोर्डी अल्बाले गोलमा परिणत गर्दै बार्सिलोनाको गोलसंख्या तीन पु¥याए । यस जितसँगै बार्सिलोनाको २४ खेलबाट ५० अंक पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्