नगरकप खेलाडीलाई खेलकुद सामग्री



हेटौंडा, (नेस) ।

आजदेखि शुरू हुने नगरकप प्रतियोगिताका लागि खेलसामग्री सहयोग गरिएको छ । हेटौंडा–९ वडा कार्यालयले नगरकप फुटबल तथा भलिबल खेल्ने खेलाडीलाई खेलकुद सामग्री प्रदान गरेको हो ।

प्रतियोगिताको लागि वडाले राष्ट्रियस्तरमा ‘ए’ डिभिजन फुटबल खेलेका वडाका खेलाडी अमिर श्रेष्ठको कप्तानीमा पुरूष फुटबल टिम र आयुषा सिंहको कप्तानीमा महिला भलिबल टिम तयार पारेको छ ।

फागुन १४ गते सुरू हुने मेयरकप वडास्तरीय फुटबल प्रतियोगिता र १९ गते सुरू हुने उपमेयर कप भलिबल प्रतियोगितामा सहभागिता जनाउने खेलाडीलाई बिहीबार खेलकुद सामग्री प्रदान गरिएको छ । वडा अअध्यक्ष लक्ष्मणप्रसाद भण्डारीले खेलाडीलाई प्रतियोगिताका लागि आवश्यक जर्सी, ट्रयाक, जुराफ र बुट प्रदान गरे ।

प्रतिक्रिया दिनुहोस्