फिलाडेल्फिया विमानस्थलमा रोबोर्टले खाना बाँड्दै



न्युयोर्क, (एजेन्सी) । 

अमेरिकाको फिलाडेल्फियास्थित एउटा विमानस्थलले यात्रुहरूलाई मानव सम्पर्करहित सजिलैसँग खाना उपलब्ध गराउने उद्देश्यले खाना बाँड्नका लागि यन्त्र मानव अर्थात् रोबोर्टको प्रयोग शुरू गरेको छ ।

फिलाडेल्फिया अन्तर्राष्ट्रिय विमानस्थलले उडानको प्रतीक्षामा बसेका यात्रुहरूलाई खाना वितरण गर्न करिब चालिस पाउन्ड वजन सामान उठाउन सक्ने ‘गिता’ नामक रोवोटको प्रयोग गर्न थालेको छ ।विमानस्थलमा एट योर गेट प्रतिनिधिको रूपमा तोकिएको ग्राहकसम्म पुग्नका लागि रोबोर्टमा ब्ल्युटुथ जडान गरिएको छ । ग्राहकहरूले अर्डरएटपिएचएल डटकममार्फत विमानस्थलका कुनै पनि रेस्टुरेन्टबाट आफूलाई मनपर्ने खाना मगाउन सक्छन् ।

पिएचएल फुड एन्ड सप्स मार्केटिंग एन्ड कस्टमर सर्भिसका म्यानेजर मेगान ओ कोन्नेलले कोभिड १९ महामारीको कारण विशेष स्वास्थ सुरक्षा प्रति चिन्तित हवाई यात्रुहरू रोवोट प्रयोगप्रति खुसी र सन्तुष्ट रहेको बताएका छन् । विमानस्थलले ‘गिता’को तस्वीर ट्विट गरेको छ । यस तस्वीरलाई स्टार वार्स चलचित्रको एक पात्रसंग तुलना गरिएको छ ।

तर, फिलाडेल्फियामा रोबोेर्टसँग जोडिएको इतिहास अप्रिय रहेको छ । सन् २०१५ मा क्यानाडाली अनुसनधाकर्ताहरूले डिजाइन गरेको तथा अमेरिकामा भ्रमण गराउने उद्देश्य राखिएको हित्चबोट नामक हित्चहाइकिंग रोबोर्टलाई अज्ञात व्यक्तिहरूले तोडफोड गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्