सशस्त्र प्रहरीे निरिक्षकसहित दुई जना ५० हजार घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ



यमलाल भुसाल, बुटवल ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश क्याम्प गैडहवा ३ लोण्डिहवा रूपन्देहीका कार्यालय प्रमुख सशस्त्र प्रहरी निरिक्षक दधिराम पौडेल र सोही कार्यालका सशस्त्र प्रहरी नायवनिरिक्षक राजेश पासीलाई नगद ५० हजार रुपैयाँसहित पक्राउ गरेको छ ।

उनिहरुले सेवाग्राहीको काष्ठ फर्निचर उद्योग संचालनमा सहजीकरण गरिदिन भनी घुस लिइसकेको अवस्थामा गैडहवा गाउँपालिका वडा नं. ३ बाट अख्तियारको टोलीले विहिवार १० वजे नियन्त्रणमा लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका सुचना अधिकारी सुरेश भुसालले बताउनु भयो ।

घुस रकमसहित पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भईरहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्