गायिका अन्जु पन्तले गरिन् प्रेमी थिर कोइरालासँग बिहे



काठमाडौं ।

लोकप्रिय गायिका अन्जु पन्तले बिहे गरेकी छन् । पन्त आफ्ना प्रेमी थिर कोइराला वैवाहिक जीवनमा बाँधिएकी हुन । एक बर्षदेखि प्रेम सम्बन्धमा रहेका अन्जु र थिरले आज पाटनको चर्चमा बिबाह गरेका हुन् ।

केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया दिएकी थिइन् ।पन्तले यस अघि मनोज राजसँग बिहे गरेकी थिइन् । उनीसँगै वैवाहिक जीवन सफल हुन नसके पछि उनी छुट्टै बस्न लागेकी थिएन ।

प्रतिक्रिया दिनुहोस्