संकट टर्‍यो, आशंका टरेको छैन :भुवन केसी



गजुरेलको शंका अब सांसद खरिद–बिक्रीको रेस्लिङ

अभिनेता, निर्माता तथा निर्देशक भुवन केसीले सर्वोच्च अदालतले बुधबार संसद् विघटनलाई बदर गरेसँगै संवैधानिक संकट टरे पनि नेतृत्वमाथिको आशंका नटरेको जनाएका छन्।राजनितीक विषयमा आफ्नै घारणा कमै सार्वजनिक गर्ने केसीले बुधबार अदालतले संसद् विघटनको निर्णय बदर गरेलगत्तै फेसबुकमा स्ट्याटस लेख्दै यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्।

‘सर्वोच्च अदालतको आजको निर्णयले संविधानमाथि खेलाँची गर्ने शासकलाई लगाम लगाउने नजिर मात्र स्थापना गरेको छैन, हजारौंको भौतिक र मानसिक बलिदानीपछि प्राप्त संविधानको सर्वोच्चताको पनि रक्षा गरेको छ। सँगै हामी सबैले संविधानको अक्षरशः पालना गर्नुपर्छ र नगर्नेहरु दण्डित हुन्छन् भन्ने सन्देश पनि दिएको छ’, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव नेपाल पक्षका अभिनेता केसीले फेसबुकमा लेखेका छन्– ‘कठिन समयमा सही निर्णय गर्ने न्यायमूर्तिहरुलाई मेरो सलाम छ। संवैधानिक संकट त ट¥यो, तर नेतृत्वमाथिको आशंका टरेको छैन। आउँदो समयमा शासन सत्तामा रहनेले संविधान न जनता कसैलाई पनि टेकन फर ग्रान्टेड नलिनुहोला। मेरो नेता भनेर गर्व गर्ने ठाउँ दिनुहोला। जय देश, जय सिनेमा।’अर्का अभिनेता तथा निर्माता दीपकराज गिरीले अदालतको यो पैmसलालाई कसैको जित र कसैको हारका रूपमा लिन नहुने उल्लेख गरेका छन्। फेसबेकमा स्ट्याटस पोस्ट गर्दै उनले लेखेका छन्– ‘यो जीत कस्को? यो हार कस्को? यसरी सोच्ने बुद्धि कसैमा पनि नआओस्। नत्र दल र नेताहरूले त जित्लान्, देशले हार्नेछ।’

हास्यव्यंग्यकार मनोज गजुरेलले अब प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिए खेल अनैतिकताका आधारमा अघि बढ्ने उल्लेख गरेका छन्। आप्mनो भ्लग गजुरियल डट कममा आफूले लेखेको व्यंग्य पोेस्ट गर्दै उनले लेखेका छन्– ‘संसद् विघटनको बा–प्रयासलाई हजुरबा अदालतले लात हानेपछि बात अर्कैतिर पुगेको छ। अब प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिए खेल अनैतिकताका आधारमा अघि बढ्नेछ। सत्तामा टिकिरहने, नढाली नछोड्ने र मौकामा चौका हान्ने यी तीन तत्वहरु बीच फेरि खरिद–बिक्रीको रेस्लिङ चल्ने खतरा छ।’ उनको लेखमा व्यंग्य गर्दै भनिएको छ– ‘सरकार लडाउन र टिकाउन सांसद किन्ने र बेच्ने कार्यले तीव्रता पाउनेछ। नेता खरिद तथा बिक्रीको मार्केट गुल्जार हुनेछ।

जन्ती पनि हुने योग्यता नभएकालाई मन्त्री पड्काउने यो उत्तम अवसर हो। मन्त्री नभए पनि चुनाव खर्च उठाउने सर्वोत्तम समय हो। यसका लागि पार्टीका सीईओहरुसँग डाइरेक्ट डिल गर्नु आफूले आफैंलाई हलाल गर्नु हो। शक्तिका दलालमार्फत् किन–बेच हुनु मालामाल मालामाल हुनु हो।’ लखमा गजुरेलेको थप व्यंग्य छ– ‘जनताको अभिमतलाई खरिद–बिक्री गर्न इच्छुक माननीय सांसद तथा नेताहरुलाई पावर ब्रोकर एसोसियसन, नेपाल मौकाको फाइदा उठाउन हार्दिक आह्वान गर्दछ। पावर ब्रोकरिङमा हाम्रो तीसवर्षे अनुभव भन्छ– कांग्रेस होउन् वा कम्युनिस्ट, राजावादी होउन् वा मधेसवादी हामी हरेकलाई उचित मूल्य र अवमूल्यमा किन्न र बेच्न सक्छौं।’ अब सत्ता लडाउन र टिकाउन हुनसक्ने चलखेलप्रति तीखो व्यंग्य गर्दै लेखमा गजुरेलले सांसद किनबेचको खरिद–बिक्री दर पनि उल्लेख गरेका छन्।

प्रतिक्रिया दिनुहोस्