रवीन्द्रलाई स्वर्ण



काठमाडौं, (नेस) । 

नेपालका रविन्द्र मानन्धरले दोश्रो अन्तराष्ट्रिय पुरुष महिला कराते च्याम्पियनसिप गोलेस्टान कप २०२१ को भेट्रान्स १ बिमा स्वर्ण हात पारेका छन् ।
इरान कराते अनलाइन काता च्याम्पियनसिपमा मान्धरले आयोजक इरानका होसिन ताजिकलाई पछाडी पार्दै स्वर्ण हात पारेका हुन् ।

तेश्रो स्थानमा आयोजक इरानका रहमत नजारी र इन्डोनेसियाका अहमद जाकी रहे । यस्तै, महिला सिनियर तर्फ रिना श्रेष्ठले स्वर्ण हात पारिन् । उनले मलेसियाकी साम हियाङ फोङलाई पराजित गरेकी थिइन् ।पुरुष सिनियरतर्फ नेपालका खेलाडी सुभाष कार्की बेल्जियमका खेलाडी अलेक्जेन्डर लेब्रन संग पराजित हुँदै रजतमा खुम्चिए । राजकुमार श्रेष्ठले तेश्रो स्थान प्राप्त गरे । भेट्रान १ ‘ए’तर्फ मदन महर्जनले कास्य प्राप्त गरे ।

यस्तै, महिला जुनियरतर्फ सन्जु देशारले रजत पाइन् । देशार आयोजक इरानकी फैजेअ ताजारीसँग पराजित भएकी थिइन् । महिला क्याडेटतर्फ खुसी अधिकारीले कास्य पाइन् । प्रतियोगितामा विभिन्न राष्ट्रका २०० खेलाडीहरूले सहभागिता जनाएको प्रशिक्षक एवं खेलाडी रवीन्द्र मानन्धरले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्