विभिन्न रोगमा कागतीको प्रयोग



कागती एक प्रकारको रसिलो तथा अमिलो सदाबहार बहुउपयोगी र गुणकारी फल हो । कागती भिटामिन सीको महत्वपूर्ण स्रोत हो । सबै कागती सर्वगुणकारी हुने भए पनि कागजी कागतीलाई सबैभन्दा राम्रो मानिन्छ । कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउँछ । कागतीमा रोगको संक्रमणविरुद्ध लड्न सक्ने गुण हुन्छ । यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाई संक्रमण हुनबाट पनि बचाउँछ ।

नेपालमा ज्वरो आउँदा अमिलोको संसर्ग नगर्नु भन्ने अन्धविश्वास छ तर सत्य भने अकै छ । रुघाखोकी र ज्वरोमा समेत कागतीको प्रयोग अत्यन्तै लाभदायक हुन्छ । कागतीलाई जुस बनाएर खाँदा ज्वरो आएका बिरामी छिट्टै निको हुन्छन् । कारण, सर्बत पिएपछि शरीरबाट धेरै पसिना आउँछ र पसिना निस्केपछि ज्वरो स्वतः कम हुन्छ ।कागतीको प्रयोग दाँतको हेरचाहमा समेत गरिन्छ । दाँत दुखेको ठाउँमा कागतीको रस राख्दा त्यसले दाँत दुखाइलाई कम गर्छ । दाँतको गिजामा कागतीको रस हालेर माड्ने हो भने गिजाबाट रगत आउन समेत रोकिन्छ । कागतीको जुस खानाले गिजाका कारण मुख गन्हाउने समस्याबाट समेत मुक्ति पाउन सकिन्छ । दाँतको नियमित सफाइमा समेत कागतीको प्रयोग गर्न सकिन्छ । तर कागतीमा धेरै अम्ल तत्व हुने भएकाले यसो धेरै प्रयोगले मुखभित्रको गिजा खुइलिन सक्छ ।कागतीको रस कपालको सुरक्षामा पनि उत्तिकै महत्वपूर्ण छ । कपालको जरामा कागती लगाउनाले चायाँ र कपाल झर्ने समस्याको धेरै हदसम्म नियन्त्रण हुन्छ । कपालमा कागतीको रस लगाएर केहीबेर सुकाई नुहाउने हो भने त्यसले कपालमा चमक ल्याउँछ ।

कागतीको टुक्रालाई दिनहुँ डण्डिफोरमा सुत्नुअघि रगड्ने, रातभरि त्यसै राख्ने एवम् बिहान उठेर धुने गर्दा यसमा सुधार हुन्छ । गहुँको पीठो, बेसन वा मुल्तानी माटोमा कागतीको रस मिसाई, दिनहुँ अनुहारमा लेपन गरी आधादेखि एक घण्टा बस्ने र पखाल्ने गर्दा डण्डिफोर र अनुहारको पोतोमा पनि लाभ गर्दछ । कागती र मह बराबर मिश्रित गरी अनुहारमा लेपन गर्ने र २०–३० मिनेटपछि कपासले रगडेर अनुहारमा मालिस गर्दा अनु्हारको चायामा सुधार हुन्छ ।
दिनहुँ पानीमा वा दालमा मिसाई आधादेखि एउटासम्म कागती खाने गर्दा रक्तचापमा फाइदा गर्दछ ।

त्यस्तै दिसा कडा हुने र सफा नहुने समस्या छ भने दिनको एउटा कागतीलाई ४–५ लिटर पानीमा मिसाई पटक–पटक गरेर पिउने गर्दा कब्जियत हट्न सहयोगगर्दछ ।छाला चिलाउनेसम्बन्धी समस्यामा कागतीको टुक्राले रगड्दै १–२ दिनको फरक पारी नुहाउने, सफा गर्ने गर्दा फाइदा हुन्छ ।यसै गरी बान्ता भइरहेमा एवम् वाकवाकी लागेमा कागती काटेर चुस्ने गर्दा रोकिन सहयोग मिल्दछ । कसैलाई रक्सी खाएर बढी नशा लागेको छ भने कागतीको टुक्रा चुसाउने वा कागती–पानीको सर्बत खुवाउने गर्दा रक्सीको मात हराउँछ ।त्यस्तै नियमितरूपमा दैनिक भोजनमा केही मात्रामा कागतीको प्रयोग गरी खाँदा क्यान्सरको समस्या हुन पाउँदैन ।
– निधि चौलागाईं, कलंकी, काठमाडौं 

प्रतिक्रिया दिनुहोस्