को–भ्याक्सअन्तर्गत कोभिड खोप पाउने घाना पहिलो मुलुक



न्युयोर्क, (एजेन्सी) ।

कोभाक्स खोप वितरण कार्यक्रमअन्तर्गत कोरोना भाइरस विरुद्धको खोप पाउने घाना विश्वकै पहिलो राष्ट्र भएको छ । विश्व स्वास्थ संगठन (डब्ल्युएचओ) कार्यक्रमको विश्वका सम्पूर्ण मुलुकमा निष्पक्ष ढंगले खोप वितरण गर्नु रहेको छ । कोभाक्सको यस वर्षको उत्तराद्र्ध सम्ममा विश्वभरि करिब दुई अर्ब डोज बराबरको कोभिड–१९ विरुद्धको खोप वितरण गर्ने लक्ष्य रहेको छ ।

महिनौं अघिदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू गरिसकेका अन्य थुप्रै धनी राष्ट्रहरूलाई आवश्यक भन्दा बढि संख्यामा खोप खरिद गरेको आरोप लगाउँदै अहिले आलोचना भइरहेको छ । एस्ट्रजेनेका र अक्सफोर्ड युनिभर्सिटीले विकास गरेका करिब ६ लाख डोज खोप बुधबार घानाको राजधानी एक्रा आइपुगेको स्थानीय सञ्चार–माध्यमले पुष्टि गरेको छ ।आगामी सातादेखि घानाले आफ्ना जनतालाई खोप लगाउन शुरू गर्ने बताइएको छ । डब्ल्युएचओ र संयुक्त राष्ट्र संघको बालबालिका कोष (युनिसेफ) ले एक संयुक्त विज्ञप्ति जारी गर्दै घानामा खोप पुग्नु निकै महŒवपूर्ण क्षण भएको तथा यसले घानामा महामारीको अन्तयसम्मका लागि अहं भूमिका निभाउने जनाएका छन् ।

महामारी शुरू भएयता पश्चिम अफ्रिकी मुलुक घानामा ८० हजार ७ सय जनाभन्दा बढि व्यक्ति संक्रमित भइसकको छन् भने करिब ५ सय ८० जनाको ज्यान गइसकेको छ । कोभाक्स कार्यक्रमको पहलको कारण एक वर्षभित्र विश्वका ९८ वटा धनी राष्ट्रले खोपको पहुँच पाइसक्दा ९२ वटा गरिब राष्ट्रले पनि सो पहुँच पाइसक्ने बताइएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्