बुधबार थप ९४ जनामा कोरोना संक्रमण पुष्टि, ६१९ मृतक एकैदिन थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ९४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । तीन हजार ६ सय ९२ जनाको पीसीआर परीक्षण गर्दा ९४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७३ हजार सात सय ६० पुगेको छ ।

यस्तै थप ७१ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार एक सय ३९ पुगेको छ । अहिले नेपालमा १५ सय ५५ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

यस्तै बुधबार मृत्यु हुनेको संख्यामा १  जना थप भएको छ । कोभिड १९ महामारीको व्यवस्थापन गरिरहेका अन्य निकायहरुको तथ्यांकको आधारमा अद्यावधिक गर्दा स्वास्थ्य मन्त्रालयको तथ्यांकमा भन्दा थप ६१९ जनाको मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्