लारपाक बस्ती निर्माणका लागि काठको आपूर्ति गर्न एनआरएनएको आग्रह



विमल विष्ट, काठमाडौं ।

भूकम्पका कारण स्थानीयका घर भत्केर पुनः निर्माण गरिन लागेको गोरखा जिल्लाको लारपाक गुप्सिपाखा क्षेत्रमा आवास निर्माणका लागि आवश्यक पर्ने काठ उपलब्ध गराउन गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आग्रह गरेको छ । लारपाक नमुना बस्ति निर्माणका अध्यक्ष कुमार पन्थ सहित गैरआवासीय नेपाली संघको टोलीलेले आज वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेलाई मन्त्रालयमा भेटगरी गुप्सिपाखा क्षेत्रमा निर्माणाधीन लारपाक नमुना बस्ती निर्माणका लागि आवश्यक पर्ने कम्तिमा पनि ६ हजार क्वीफिट काठ उपलब्ध गराइदिन माग गरेको हो । बिसं २०७२ साल वैशाक १२ गते गएको भुकम्पमा परि उक्त क्षेत्रमा कुल ५७३ घर भत्किएका थिए ।

पुरानो लारपाक बस्ती भूकुम्पको जोखिममा परेका कारण सरकारले रेडजोन घोषणा गरी लारपाकको गुप्सिपाखामा बस्तिस्थानान्तरण गरिएको थियो । उक्त क्षेत्रमा बस्ती स्थानन्तरण गर्न सरकारले १८.३२ हेक्टर जमिन उपलब्ध गराएको थियो । घर निर्माण गर्ने क्रम जारी रहेपनि आवश्यक पर्ने काठ उपलब्ध नभएका कारण अहिले आवश्यक पर्ने काठका लागि पहल गरीदिन आग्रह गरिएको लारपाक नमुना बस्ती निर्माणका अध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो ।

काठ नभएका कारण लारपाक क्षेत्रमा कम्तिमा पनि २०० घरहरुको निर्माणको काम रोकिएको गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश राणाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले घरहरु निर्माण गर्दैछौँ, काठ नहुँदा २०० घरको काम रोकिने अवस्था आएपछि हामीले काठ उपलब्ध गराउन आग्रह गरेका छौँ ।” भुकम्पका कारण भत्किएका घरहरु निर्माणको जिम्मा गैर आवसीय नेपाली संघ (एनआरएनए) ले लिएको छ ।

भूकम्पका कारण भत्किएका कुल ५७३ घरहरु निर्माणका लागि २५ हजार क्वीफिट काठको आवश्यक पर्ने भएकोमा अहिले सम्म १९ हजार क्वीफिट आफुर्ति भएको र अब बाँकी ६ हजार क्वीफिट काठको आवश्यक रहेको छ । लारपाक नमुना बस्ति निर्माणका पदाधिकारीलाई वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले घर निर्माणका लागि आवश्यक पर्ने काठ आपुर्तिकलागि तत्काल पहल आश्वासन दिनुभयो । उहाँले भन्नुभयो, “लारपाक बस्ती निर्माणमा काठ नहुँदा समस्या भएको बारेमा मैले जानकारी पाए, काठको समस्या समाधान गर्नकालागि मन्त्री परिषदको निर्णय बाट चाडै पहल गर्ने छौँ ।”

गोरखा जिल्ला अन्तरगत पर्ने सामुदायिक वनहरुबाट लारपाक नमुना बस्ति निर्माणकालागि काठ उपलब्ध गराउने गरी तयारी भइरहेको वन तथा वातावरण सचिब विश्वनाथ ओलीले जानकारी दिनुभयो । भुकम्पका कारण भत्किएका घरहरु गैरआवासीय नेपाली संघले आउदो वैशाक १२ गते निर्माण गरी सक्ने गरी जिम्मा लिएको छ । राष्ट्रपति बिद्यादेबी भण्डारीको उपस्थितीमा बिसं २०७३ वैशाक १२ गते बस्ती स्थानान्तरण गर्ने सम्झौता भएको थियो । तत्कालिन प्रधानमन्त्री पुष्पकमल दहालले बिसं २०७३ सालको असोज महिनामा बस्ती निर्मणका लागि सिलान्यास गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्