पशुपतिमा जलहरी नलगाउन सर्वोच्‍चको अन्तरिम आदेश



काठमाडौं । सरकारले पशुपतिनाथ मन्दिरमा जलहरी राख्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । सोमबार बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्य र अधिवक्ता नीकिता ढुंगानाले दायर गरेको रिटमाथि बुधबार सर्वोच्चले यस्तो अन्तरिम आदेश दिएको हो ।

सर्वोच्चले स्मारक संरक्षण ऐन २०१३ को कानुनी व्यवस्था अनुसार छलफलको टुंगो नलागेसम्म पशुपतिनाथको मन्दिरभित्र सुनको जलहरी लगाउने कार्य नगर्नु नगराउनु भनेको छ ।

प्रतिक्रिया दिनुहोस्