प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने : सल्लाहकार थापा



न्युज अफ नेपाल , काठमाडौं ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा नदिने बताएका छन् । सामाजिक सञ्‍जाल फेसबुकमामा स्टाटस लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा नदिने बताएका हुन् ।

प्रधानमन्त्रीले प्रतिनिधिसभाको सामना गरेर नै फैसला कार्यान्वयन गर्नुहुन्छ थापाले लेखेका छन्, तत्काल राजीनामा दिनुहुने छैन । त्यस्तै थापाले संसद पुनस्स्थापना गर्ने सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद भएको उल्लेख गरेका छन् ।

उनले अगाडि लेखेका छन्, सर्वोच्च अदालतले गरेको फैसला विवादास्पद छ, तर मान्‍नुपर्छ । र, कार्यान्वयन गर्नुपर्छु थापाले लेखेका छन् यसका दुष्प्रभावहरू भविष्यमा देखिँदै जाने निश्चित छ । यसबाट राजनीतिक समस्याहरूको कुनै हल हुने अवस्था पनि छैन । बरू अस्थिरता अझै बढ्ने छ । सत्ताको खेल बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्