बनेपा नगरपालिको नगरसभा सम्पन्न



काभ्रे, (नेस)  ।
बनेपा नगरपालिकाको सातौं नगरसभा मंगलबार नगर प्रमुख लक्ष्मीनरसिं वादेको अध्यक्षतामा सम्पन्न भएको छ । नगरसभाले आर्थिक विकासको क्षेत्रगत प्रगति, सामाजिक विकास, आर्थिक विकास र सामाजिक विकास क्षेत्रको प्रतिवेदन प्रस्तुत गरी प्रतिवेदनउपर वडाध्यक्षहरुको सुझाव र धारणा प्रस्तुत गरिएको थियो ।

नगरसभाले बनेपा नगरपालिका बजारभित्र बाजेबज्यै पार्क निर्माणलगायत सांस्कृतिक संग्राहलय निर्माणका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । त्यस्तै, वन, वातावरण, विपद् व्यवस्थापनमा भएको प्रगति तथा आगामी कार्ययोजना, सुशासन तथा संस्थागत विकासका बारेमा जानकारी गराइएको थियो ।

पूर्वाधार विकास समितिले गरेको क्षेत्रगत प्रगति, वन, वातावरण, विपद ब्यवस्थापन, सुशासन तथा संस्थागत विकास र पूर्वाधार विकास क्षेत्रका प्रगति, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा प्रतिवेदन प्रस्तुत गरिएको थियो । त्यस्तै वातावरण तथा प्राकृतिक श्रोतको संरक्षण सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक–२०७७ प्रस्तुत गरिएको थियो ।नगरसभामा प्रस्तुत भएका विधेयकहरु सर्वसम्वत् पास भएको नगर प्रमुख लक्ष्मीनरसिं वादेले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्