सकियो मनसँग मन



आगामी चैत २७ गतेबाट रिलिज हुने फिल्म मनसँग मनको छायांकन सकिएको छ। फिल्ममा सामावेश एक गीतको कालिञ्चोकका रमणीय स्थानमा सुटिङ गरिएसँगै यसको सम्पूर्ण छायांकन कार्य सकिएको निर्माण पक्षले जानकारी गराएको छ।

सही दिउँला तिम्रो लागि बोलको गीतको कालिञ्चोकमा छायांकन गरिएसँगै यसको सम्पूर्ण छायांकन कार्य पूरा भएको हो। छायांकन गरिएको गीतमा मुकेश उदासको शब्द, रोहन हिङमाङ्ग र अस्मिता अधिकारीको स्वर, अर्जुन पोखरेलको संगीत, रामजी लामिछानेको कोरियोग्राफी, सन्तोष खवासको एक्सन, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

कालिञ्चोकमा छायांकन गरिएको गीतमा पुष्प र वर्षा रोमान्टिक बनेका छन्। कैलाश राइको निर्देशनमा तयार भएको फिल्म अरुण तामाङले निर्माण गरेका हुन्।फिल्ममा नायक पुष्प खड्का र नायिका वर्षा शिवाकोटीको मुख्य भूमिका छ।

प्रतिक्रिया दिनुहोस्