सर्वोच्चले ओलीको असंवैधानिक कदम सच्याउँदै संसद पुनर्स्थापना गर्छ : प्रचण्ड



न्युज अफ नेपाल, काठमाडौँ ।

प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमलाई सच्याउँदै संसद पुनर्स्थापना गर्नेमा आफू विश्वस्त रहेको जनाएका छन् ।

मंगलबार काठमाडौँमा आयोजित २० औं मजदुर बलिदान दिवस तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले संसद पुनर्स्थापना हुनेमा आफू विश्वस्त रहेको बताएका हुन् ।

निर्वाचन आयोग र सर्वोच्च अदालतले संविधानको मर्म र भावनाअनुसार काम गर्ने बताउँदै प्रचण्डले भने,’ जनयुद्ध र जनआन्दोलनको बलमा संविधानसभाबाट निर्मित संविधानको बलमा निर्वाचन आयोग, सर्वोच्च अदालत लगायतका संवैधानिक निकायहरुले संविधानको मर्म र भावनाअनुसार काम गर्नेछन् भन्ने हाम्रो पूरा विश्वास छ । अदलतमा बहस सकियो, आजबाट हेर्दाहेर्दैका छ। कुनै पनि बेला अदालतबाट संविधान मिच्ने र संसदलाई विघटन गर्ने असंवैधानिक र अलोकतान्त्रिक कदम सच्चिन्छ र संसद पुनर्स्थापना हुन्छ भन्ने हामीलाई पूर्ण विश्वास छ।’

प्रतिक्रिया दिनुहोस्