प्रदेश २ का प्रमुख राजेश झाको उदाहरणीय कार्य



सञ्जय कार्की, रौतहट।

प्रदेश नम्बर २ का प्रमुख राजेश झा ९अहिराज० ले मङ्गलबार उदाहरणीय कार्य गर्नु भएको छ । बाराको जीतपुर जादै गर्नु भएका प्रदेश प्रमुख झाले राजमार्गमा दुर्घटनामा घाईते भएकाहरुको उद्धार गरेर उदाहरणीय कार्य गर्नु भएको हो ।

पुर्ब पश्चिम राजमार्गको नीजगढ चन्द्रनिगाहपुर सडक खण्डमा दुई मोटरसाईकल एक आपसमा जुध्दा घाईते भएका चार जनाको उहाले उद्धार गरी उपचारार्थ अस्पताल पठाउनु भएको हो । गन्तब्यमा जान स्र्कटिङ्गमा रहेका भिआईपीहरुले दुर्घटनाका घाईतेको उद्धार गरेको सम्भबत यो पहिलो घटनाको हो । दुर्घटनामा परी छटपटाई रहेका घाईतेहरु प्रति उहाको नजर पुगेपछि गाडी रोक्न लगाएर उहाले उद्धार गर्नु भएको हो ।

दुई मोटरसाईकल एक आपसमा ठक्कर लागेपछि गन्तब्यमा जादै गर्नु भएका प्रदेश प्रमुखनै पहिले त्यस स्थानमा पुग्नु भएपछि उहाले उद्धार मात्र हैन उपचारको लागि एक जना सुरक्षाकर्मी राखेर आफनै गाडीमा चन्द्रनिगाहपुरको अस्पताल सम्म पुरयाईदिनु भएको हो । स्कटीङमा सवार भिआइपीहरु सकभर बाटोमा हुने घटना र दुर्घटना लाई बेवास्ता गर्दै अघि बढने गरेकोमा प्रदेश प्रमुखको कार्य देखेर स्थानीय भने हर्षित भएका छन ।

समयमै घाईतेको उद्धार गरी अस्पताल पुरयाएको कारण उनीहरुको अबस्था भने खतरामुक्त रहेको छ । रौतहटको चन्द्रपुर नगरक्षेत्र भित्र पर्ने चन्द्रपुर र लमाहाको बिच जङ्गलममा पर्ने लच्का नजिकै ना ५६ प ७३६५ र बिआर ३०जे ९३९७ नम्वरको दुइवटा मोटरसाइकल एका आपसमा ठोक्किएको हो । मोटरािईकल ठोक्किदा सुरज पहरी, जित बहादुर पहरी, बिकाश यादव र चित्ररेखा यादव घाइते भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

घाईतेको उद्धार गरेपछि उहाले प्रतिक्रिया दिदै भन्नु भयो नागरिकको सुरक्षा मेरो पहिलो जिम्मेवारी हो त्यसैले अन्य कार्यक्रम भन्दा पनि नागरीकको ज्यान बचाउने कार्य आफुले गरेको बताउनु भयो । सडकमा छटपटाइरहेका घाइतेहरु लाइ तत्काल अस्पताल पुरयाउन सहयोग गर्नु हरेक नागरीकको कर्तव्य रहेको प्रदेश प्रमुख झाले प्रतिकृया दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्