गणेशको मुर्तिसहितको माला लगाएर नग्न फोटोसुट, रिहानाको चर्को आलोचना



एजेन्सी ।

चर्चित अमेरिकी गायिका रिहानाको चौतर्फी आलोचना गरिएको छ । गणेश भगवानको मुर्ति भएको मालासहित अर्धनग्न फोटोसुट गरेपछि रिहानाको चौतर्फी आलोचना गरिएको हो ।

हालै खिचिएको सो तस्वीरमा रिहाना गणेशको मुर्ति भएको मालासहित टपलेस देखिएकि छन् । उनको सो तस्वीर सामाजिक सञ्जालमा भाइरल भएसँगै गणेश भगवानको अपमान गरेको भन्दै रिहानाको आलोचना गरिएको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको यस्तो हर्कतले हिन्दू आस्थामा चोट पुगेको बताएका छन् । यसअघि रिहानाले भारतमा चर्किएको किसान आन्दोलनबारे टिप्पणी गरेका कारण समेत आलोचना खेपेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्