शाइन रेसुङ्गा बैंक आफ्नै भवनमा



बुटवल, (नेस) ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुङ्गा बैंकले आफ्नै भवनबाट कारोवार शुरु गर्ने भएको छ । स्थापनाको १३ औं वर्ष प्रवेशसँगै बैंकले बुटवल–११ कालिकानगरस्थित आफ्नै भवनबाट कारोवार शुरु गर्ने तयारी गरेको हो ।

६ करोड रुपियाँ चुक्ता पुँजीबाट कारोबार शुरु गरेको बैंक करिब २० करोडको लगानीमा निर्माण भएको आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गर्न लागेको बैंकका अध्यक्ष थानेश्वर पौडेलले जानकारी दिनुभयो । हाल बैंकको चुक्ता पुँजी ३ अर्ब ४० करोड र जगेडा कोषमा ७२ करोड रुपियाँ रहेको छ । बैंकले ६८ वटा शाखा कार्यालयबाट सेवा प्रवाह गर्दै आएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्