गाउँपालिकामा सुविधासम्पन्न भवन



मुगु, (नेस) ।
मुगुम कार्मारोङ गाउँपालिकाले कार्यालय प्रयोजनका लागि सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरेको छ । भवन निर्माणका लागि गाउँपालिकाबाट ८१ लाख र जनश्रमदानबाट १८ लाख गरी कूल ९९ लाखको लागतमा कार्यालय बनाइएको हो ।

गत वर्षको गाउँसभाबाट विनियोजित बजेटबाट गाउँपालिकाको भवनको निर्माण कार्य शुरु गरिएको थियो । निर्माण सम्पन्न भइसकेको कार्याल भवनभित्र १ तालिम हल र २३ वटा हल छ । पुलु बगरमा रहेको कार्यालय अन्य स्थानीय तहहरुमध्ये सुविधायुक्त भवन निर्माण गर्ने पहिलो स्थानीय तह भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत कठायतका अनुसार गाउँपालिकाले डिजिटल सूचना पाटी र प्रविधिबाटै कर्मचारीको हाजिरीका लागि औंठाछाप पनि केही समयपछि प्रयोगमा ल्याइनेछ । प्रविधिमार्फत नै गाउँपालिकाभित्रका गतिविधिबारे जानकारी दिनाले कर्मचारी, स्थानीय सबैलाई फाइदा हुने उहाँले बताउनुभयो ।गाउँपालिकाभित्र रहेका ९ वटै वडाको कार्यालय निर्माण गरिए पनि गाउँपालिकाको भवन निर्माण गर्न भने बाँकी रहेको थियो ।वर्षेनि लाखौं रकम तिरेर घर भाडामा तिर्नुपर्ने, त्यसमाथि कार्यालय प्रयोजनका लागि भनेजस्तो कोठा नपाइँदा ३ वर्षसम्म दुःखका साथ कार्यालय सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्र्ने लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्