करिनालाई दोस्रो छोरो



बलिउड अभिनेत्री करिना कपुर खान दोस्रोपटक आमा बनेकी छन्। गर्भवती भएदेखि नै चर्चामा रह“दै आएकी करिनाले आइतबार मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा दोस्रो सन्तानका रूपमा छोरालाई जन्म दिएकी हुन्।

छोराको जन्मपछि उनी तथा अभिनेता पति सेफ अलि खानलाई बधाईको ओइरो लागेको छ। करिना गर्भवती अवस्थामा पनि शारीरिक र मानसिकरूपमा र फिल्म क्षेत्रमा सक्रिय थिइन्। उनले गर्भवती अवस्थामा नै अमिर खानको फिल्म लालसिह चढ्ढामा काम गरेकी थिइन् भने गर्भवती महिलाहरुका लागि उपयोगी हुने करिना कपुर खान्स प्रेग्नेन्सी बाइबल नामक पुस्तक प्रकाशनमा ल्याएकी थिइन्। पहिलोपटक आमा बनिसकेपछि शरीरलाई पहिलेको जस्तै फिट राखेकी करिनाको फिटनेसको चर्चा पनि बेला–बेलामा भइरहने गर्छ। करिनाले यसअघि पहिलो सन्तानका रूपमा सन् २०१६ मा छोरा तैमुर अलि खानलाई जन्म दिएकी थिइन्।

तैमुर बलिउडका चर्चित स्टार किड बनिसकेका छन्। उनको फोटो तथा भिडियो सामाजिक सञ्जालमा बेला–बेलामा भाइरल भइरहने गर्दछ।अभिनेता सेफ भने चौथोपटक बाबु बनेका हुन्। पहिलो पत्नी अमृता सिहसँग सम्बन्ध विच्छेद भएपछि सेफले सन् २०१२ मा करिनाका साथ दोस्रो विवाह गरेका थिए। उनको पहिलो पत्नी अमृताको तर्फबाट छोरी सारा अलि खान र छोरा इब्राहिम खान रहेका छन्। सेफकी छोरी सारा बलिउड फिल्म क्षेत्रमा चर्चित नाम बनिसकेकी छिन्।

प्रतिक्रिया दिनुहोस्