रसियामा निला कुकुरहरू देखिन थाले



मस्को, (एजेन्सी) ।

रसियामा निलो भुवा भएका भुस्याहा कुकुरहरू देखापर्न थालेको छ । तिनीहरू निझ्नी नोभगोरोद भन्ने ठाउँमा देखिएको प्रहरीले जनाएको छ । जूजास्तचिता एनिल्या पशु चिकित्सा क्लिनिकका प्रमुख काजाकोभले भनेका छन् – ‘ती निलो भुवाधारी कुकुरहरूको स्वास्थ्य स्थिति सन्तोषजनक रहेको छ । तिनीहरू फुर्तिला र सक्रिय छन् । तिनीहरूले मज्जाले खाना र पानी दुवै खाइरहेका छन् । हामीले तिनीहरूको रक्त नमुना पनि संकलन ग¥यौं ।

बायोकेमिल डाटा पनि सामान्य नै रहेको पाइएको छ ।’ती भुस्याहा कुकुर एउटा बन्द गरिएको रसायनिक कारखानानजिक फेला परेका हुन् । एउटा क्लिनिकले तिनीहरूको भुवा कसरी निलो भयो भन्नेबारे गम्भीर अनुसन्धान गरिरहेको छ । काजाकोभले तिनीहरूलाई क्लिनिकमा रेबिज क्वारेनटाइनमा राखिएको र स्टेरलाइज्ड गरिएपछिको घाउ निको हुनासाथ छाडिने जानकारी दिएका छन् ।

तिनीहरूको कथा सुनेर जनचासो निकै बढेको तर अझैसम्म तिनीहरूलाई पाल्छु भनेर कसैबाट प्रस्ताव आई नसकेको तथा यदि, कतैबाट त्यस्तो प्रस्ताव आएमा स्वीकारिने पनि काजारोभले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्