स्प्राइटले रिफ्रेस म्याक्सको योजना



काठमाडौं, (नेस) । 

कोका–कोलाको उत्पादन लेमन- लाइम पेय पदार्थ स्प्राइटले रिफ्रेस म्याक्स, मोबाइल टाइम चिलक्स नामको नयाँ अभियान शुरू गरेको छ। यस अभियानको उद्देश्य उपभोक्ताहरूलाई उनीहरू घरमा स्क्रिनमा बेत्तित गर्ने समयमा सरल तरिकाले पुर्ण रूपमा रिफ्रेस रहनको लागि प्रेरित गर्ने हो।

यसले हाम्रो स्मार्टफोनको साथ आराम गर्न कोशिस गर्दै त्यस दौरान आउने झन्झटहरुलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने तरिकामा केन्द्रित छ। त्यहाँ धेरै दिक्क लगाई दिने कारणहरू हुन सक्छन् जस्तै नोटिफिकेशन पपअप्स्को साथ मोबाइल गुन्जने साथीहरू र परिवारको म्यासेजहरूले, ईमेलहरू, मोबाइल अपडेटहरू वा विभिन्न सामाजिक एपहरूबाट अनियमित सँचनाहरू हुन सक्छन्। यो अभियानले कसरी हामी हाम्रो घरको स्क्रीन टाइममा अवरोधहरुबाट दिकदार नभइ स्प्राईटको चिसो, क्रिस्प र लेमन(लाइम स्वादले अधिकतम रिफ्रेशमेन्ट लिन र तनाव मुक्त हुन सक्छौं भन्ने कुरालाई देखाएको छ।

उक्त अभियानको बारेमा कोका–कोला नेपालका कन्ट्री निर्देशक अम्बुज सिंहले भने, नयाँ स्प्राईट अभियानले हामी स्क्रीनमा बिताउने समयमा हाम्रा वरिपरि आउँने अनावश्यक अवरोधहरुका कारण आराम गर्न सक्दैनौं भन्ने सबैको साझा समस्यालाई प्रकाश पार्दछ। हामी हाम्रो उपभोक्ताहरुलाई स्प्राइटको साथ पुर्ण रूपले रिफ्रेस हुनुहोस् र घरमा आरामले तपाइँको रोजाई अनुसार स्क्रीनमा समय बिताउँदा कुनै अवरोधहरु झेल्नु नपरोस् भन्ने सन्देश दिन चाहँछौं।

प्रतिक्रिया दिनुहोस्