सरकारले विकासको गति रोकेको छैन : प्रधानमन्त्री ओली



 नेपाल समाचारपत्र, काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समुहसँग सरकारले वार्ता गर्ने तयारी गरेलगत्तै कतिपयलाई छटपटी भएको टिप्पणी गर्नुभएको छ ।पाँचौं इन्द्रदह पर्यटन महोत्सवमा आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध कटाक्ष गर्नुभएको हो । उहाँले प्रचण्ड र माधवकुमार नेपाल पक्षको नाम नलिइकन भन्नुभयो– ‘सरकारसँग वार्ताका लागि तयार छु भनेर विप्लवले विज्ञप्ति निकालेछन् । विज्ञप्ति निकालेपछि कतिपयलाई छटपटी भएको छ । लौ हामीतिर आउँछ कि भनेको सरकारतिर पो गयो भनेर ।’

प्रधानमन्त्री ओलीले प्रचण्ड र नेपाल पक्षलाई संकेत गर्दै सरकारलाई अवरोध गर्नेहरू पार्टीबाट बाहिरिएपछि मात्रै देश र जनताको पक्षमा उल्लेखनीय काम भइरहेको दोहो¥याउनुभयो ।उहाँले अवरोध र अप्ठेरोबीच पनि सरकार अगाडि बढेकोमा विरोधीहरूलाई छटपटी भएको भन्दै भन्नुभयो– ‘जसले जति अवरोध गरे पनि सरकारले विकासको गति रोकेको छैन । देश अगाडि बढ्दा केही मानिसलाई पीर परेको छ ।’प्रम ओलीले नेपाललाई विकाशील देशमा पु¥याउने भन्दै भन्नुभयो– ‘यसले राम्रा काम ग¥यो, जनतामाझ अझ लोकप्रिय हुने भयो, अब बर्बाद हुने भयो, हामी पछाडि पर्ने भयौं भनेर उनीहरू आत्तिएका छन् ।’ फरक राजनीतिक बाटोमा रहेका विप्लव समुहलाई वार्तामा ल्याएर शान्तिपुर्ण राजनीतितर्फ डोहो¥याउन आफुले पहल गरिरहेको समेत प्रमले जानकारी दिनुभयो ।विप्लव नेतृत्वको नेकपाले शनिबार एक विज्ञप्ति निकालेर महासचिव विप्लव आफैं वार्ताका लागि सकारात्मक रहेको जनाएका हुन् । विप्लवले त्यसका लागि आमजनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्था हुनुपर्ने सर्त तेस्र्याउनुभएको छ ।

सो अवसरमा दहचोकलाई पर्यटकीय गन्तव्यका रूपमा तीन वर्षमा भएको विकास पनि सरकारको देखाउन लायक कार्यको रहेको पनि प्रधानमन्त्री ओलीको भनाइ रहेको छ । सो अवसरमा नवनिर्मित भ्यु टावरको पनि उद्घाटन गरिएको थियो । सो क्षेत्र मुलुकको एक सय गन्तव्यको सँचीमा राखिएको छ । त्यहाँको विकास तथापुर्वाधार बनाउनका लागि काठमाडौं ९ नं क्षेत्रका सांसद एवं शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले आफ्नो सांसद विकास कोषको बजेटका अतिरिक्त विभिन्न मन्त्रालयमार्फत बजेट विनियोजित गराउन पहल गर्नुभएको पनि कार्यक्रममा आयोजकहरूले बताएका छन् । सो अवसरमा मन्त्री श्रेष्ठ, संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री भानुभक्त ढकाल, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्