लाङटाङ मध्यवर्ती उपभोक्ता समितिको पुर्नगठन



सरस्वती न्यौपाने, रसुवा ।

लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत लाङटाङ मध्यवर्ती उपभोक्ता समितिको फागुन आठ गते पुर्नगठन भई युवा पर्यटन व्यवसायि पासाङ तामाङ निर्विरोध चयन भएका छन् ।

निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९, मध्यवर्ती क्षेत्र नियमावलि २०५२ र निर्देशिका २०५६ बमोजिम समितिका पदाधिकारी चयन भई समितिको उपाध्यक्षमा थार्चेन चुसाङ, सचिव उर्केन तामाङ, कोषाध्यक्षमा नवाङ दोर्जे तामाङ, सदस्यहरू सेराफ तामाङ, पासाङ ग्याल्पु तामाङ, पेज्न्जोम तामाङ, फुर्पु तामाङ, साङ्गे तामाङ, भामु तामाङ, दावा ग्याल्मु तामाङ, ल्हामु तामाङ, छवाङ तामाङ चयन भएका छन ।

विगत लामो समय देखि पर्यटन र होटल व्यवसायि रहेका नव निर्वाचित तामाङ लाङटाङ क्षेत्रको अब्बल र समाजसेवी युवाका रूपमा परिचित छन् । तामाङले स्थानीय स्तरमा जलवायु परिवर्तन अनुकुलन कार्यक्रम र स्थानीय वासिहरूको दिगो जिविको पार्जनमा समेत सहयोग गर्दै आईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्