अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै



न्युज अफ नेपाल काठमाडौं ।

अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ। हरेक वर्ष फेब्रुअरी २१ तारिकका दिन विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिन्छ।

नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा भाषा आयोग र युनेस्को काठमाडौँसँगको सहकार्यमा विभिन्न भाषा र संस्कृति झल्कने गरी प्रभातफेरी कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले प्रज्ञाभवन कमलादीमा कार्यक्रमको उद्धघाटन गर्नु भएको छ ।

नेपाल प्रजा प्रतिष्ठानको आयोजनामा राष्ट्रिय मातृभाषा कविता वाचन झाँकी नाँच लगाएत विभिन्न कार्यक्रमको आयोजना गरिएको छ। सबै भाषाको प्रवर्द्धन गर्ने उद्देश्यका साथ राष्ट्रिय मातृभाषा कविता महोत्सव आयोजना गरिएको  हो ।

प्रतिक्रिया दिनुहोस्