आज बाबुराम उपचारका लागि भारत जादै



न्युज अफ नेपाल , काठमाडौं ।

पछिल्लो केही दिनयता बिरामी परेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई उपचारका लागि भारत जाने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराई आइतबार नेपाल वायुसेवा निगमको जहाजबाट भारत दिल्ली जान लागेका हुन् ।

पेटमा समस्या देखिएपछि उनी उपचारका लागि काठमाडौंको निदान अस्पतालमा भर्ना भएका थिए । परीक्षणका क्रममा उनको ‘न्युरो इन्डोक्राइनको ट्युमर’ रहेको आशंका गरेपछि थप उपचारका लागि भट्टराई दिल्ली जान लागेका हुन् ।

दिल्लीमा उनको उपचार ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’ अस्पतालमा हुनेछ । उपचारका लागि दिल्लीमा रहँदा उनको बसाइ दिल्लीमा रहेको नेपाली दुतावासमा हुनेछ । भट्टराईसँगै पत्नी हिसिला र उनका प्रेस संगोजक विश्वदीप पाण्डेय पनि दिल्ली जाँदैछन् ।

प्रतिक्रिया दिनुहोस्