उज्यालो टि–१० उपाधि निंग्लाशैनी वारियर्सलाई



विनोद सिंह विष्ट, बैतडी ।

बैतडीको देहिमाडौंमा सम्पन्न प्रथम उज्यालो टि–१० लिग (युसिएल) क्रिकेटको उपाधि निंग्लाशैनी वारियर्स ‘ए’ ले हात पारेको छ ।निंग्लाशैनीले कैलपाल क्रिकेट क्लबलाई ९ विकेटले स्तब्ध पार्दै उपाधि हात पारेको हो । कैलपालले दिएको ८८ रनको लक्ष्य निंग्लाशैनीले ७ दशमलव ५ ओभरमा १ विकेटको क्षतीका पँरा ग¥यो । निंग्लाशैनीको जितका लागि राम चन्दले अर्धसतकीय पारीका साथ ५० रन बनाए ।

कैलपालका लागि सुनील कार्कीले १ विकेट झारे ।त्यसअघि निंग्लाशैनी खेल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको कैलपाल क्रिकेट क्लबले निर्धारित १० ओभरमा ७ विकेटको क्षतिमा ८७ रन बनायो । जसमा जीवन चन्दले सर्वाधिक २२ रनको योगदान गरे । निंग्लाशैनी वारियर्सका धिरज मल्लले ३ विकेट हात पारे । उपाधिसंगै निंग्लाशैनीले नगद २५ हजार हात पारेको छ भने उपविजेता कैलपालले १२ हजारमा चित्त बुझायो ।

फाइनल खेलका ‘म्यान अफ द म्याच’ निंग्लाशैनीका राम चन्द भए । प्रतियोगिताभर व्यक्तिगत १३० रन र ६ विकेट हात पारेका राम चन्द नै ‘म्यान अफ द सिरिज’ भए । प्रतियोगितामा १० विकेट हात पारेका कैलपालका विरेन्द्र चन्द बेस्ट बलर, १४५ रन हिर्काएका निंग्लाशैनीका डम्बर बुडाल बेस्ट व्याट्सम्यान र उदयीमान खेलाडी निंग्लाशैनी वारियर्स बी का अंकित धामी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्