नेपाल व्यायाम मन्दिरको साधारणसभा सम्पन्न



काठमाडौं ।

  नेपालकै जेष्ठ खेलकुद संस्था नेपाल व्यायाम मन्दिरको वार्षिक साधारणसभा शनिबार विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ । कोभिड–१९ का कारण अघिल्लो वर्ष हुन नसकेको १९ औं साधारण सभालाई समेत समेट्दै १९औं र २०औं साधारण सभाको रूपमा भएको साधारण सभाले संस्थालाई चुस्त दुरूस्त राख्दै प्रजातान्त्रिक रूपमा अघि बढ्ने उद्देश्यले विधानमा रहेको विभिन्न बाधा अवरोधलाई हटाई परिमार्जन गर्ने निर्णय गर्दै विधानमा संसोधन गर्ने निर्णय गरेको छ ।

यस्तै, साधारण सभाले महासचिव सुर्य प्रसाद जोशीद्वारा प्रस्तुत वार्षिक कार्य प्रगति विवरण र आगामी योजना तथा कोषाध्यक्ष प्रशान्त सिंहद्वारा प्रस्तुत आर्थिक वर्ष ०७५-७६ र ०७६-०७७ को आय व्ययलाई प्रश्नोत्तर र छलफल बाट अनुमोदन गरेको छ ।यसैगरी, व्यायाम मन्दिरले संस्थाको मानार्थ सदस्यहरूलाई मनोनयन गरिएकोमा उक्त निर्णयलाई समेत भेलाले अनुमोदन गरेको छ । लामो समयदेखि नेपाल व्यायाम मन्दिरको विकास र विस्तारमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पु¥याउँदै आएका व्यवसायी तथा समाजसेवी विद्या सागर तुलाधर, टेली टकका कार्यकारी प्रमुख संजय अग्रवाल, डाइट नेपालका प्रवन्ध निर्देशक निशान्त प्रधान, फिटनेश च्वाईसका प्रवन्ध निर्देशक उत्तम सिलवाल, ब्रिटिश गोर्खाली सेभिङ्ग एण्ड क्रेडिटका चेयरम्यान जनम लामा, कामनपा २७ वडाका सदस्य तथा समाजसेवी नरेश महर्जन, व्यवसायी तथा समाजसेवी राज कुमार तण्डुकार र ईचङ्गु का पँर्व वडा ७ का अध्यक्ष हरि कृष्ण लामालाई मानार्थ सदस्यमा मनोनयन गरिएको प्रमाण पत्र प्रदान गरिएको थियो ।

नेपाल व्यायाम मन्दिरको ज्याठास्थित आफ्नै हलमा भएको साधारण सभाको कार्यक्रमा संस्थालाई विभिन्न माध्ययमबाट विकास र विस्तारमा पु¥याएको योगदानको उच्च मुल्याङ्कन गर्दै विभिन्न व्यक्तित्वहरूलाई नगदसहित सम्मान गरेको छ । जसमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सञ्चालक समितिका सदस्य द्वय गोविन्द चित्रकार र वर्णबहादुर श्रेष्ठलाई नगद ५५ हजार ५ सय ५५ का साथ दोशल्ला र सम्मानपत्रबाट सम्मान गरिएको छ । यसैगरी खेलाडीहरू रामबहादुर दाहाल र रजनी श्रेष्ठलाई नगद ४० हजार, डेभिड बलामी र सरोज श्रेष्ठलाई नगद १० हजार, टिम व्यवस्थापक मनोज श्रेष्ठ र व्यायाम मन्दिरका सहयोग विजय रत्न बज्राचार्यलाई नगद ७ हजारसहित सम्मानपत्रले सम्मान गरेको छ ।

नेपाल व्यायाम मन्दिरको नियमित सम्मानको रूपमा रहेको सन्तति कदरपत्रबाट टोल प्रतिनिधि तथा नेपाल व्यायाम मन्दिरको साधारण सदस्य श्री त काजी प्रजापतिकी सन्तति सुपुत्री रोजिना प्रजापति महर्जनलाई सम्मान गरिएको छ । साधारण सदस्य मध्येबाट सञ्चालक समितिले कोषाध्यक्ष श्री प्रशान्त सिंहलाई विशेष सम्मान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्