विनायकलाई प्याब्सन कप



काठमाडौं, (नेस)  ।
डिफेन्डिङ च्याम्पियन विनायकले पाचौं प्याब्सन फुटसल प्रतियोगिताको उपाधि जितेको छ ।कपनस्थित ग्रिन विस फुटसलमा भएको फाइनलमा विनायकले माउन्ट ग्लोरीलाई ३–२ गोलले पराजित गर्दै उपाधि रक्षा ग¥यो । विनायकका सचिन राईले २ तथा नितिश सहनीले १ गोल गरे । ग्लोरीबाट एलेक्स पौडेल र दावा शेर्पाले १–१ गोल फर्काए ।

निजी तथा आवसीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) द्वारा आयोजित प्रतियोगितामा बिट्स एकेडेमीले त्रिनेत्रलाई ४–२ गोलले हराउँदै तेश्रो भयो । शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । सान्त्वना पुरस्कार स्वरूप त्रिनेत्रलाई ३ हजार नगद पुरस्कार दिइयो ।प्रतियोगितामा ग्लोरीका सञ्जय लामा उत्कृष्ट खेलाडी घोषित भए । विनायकका युवराज गोर्खाली उत्कृष्ट गोलरक्षक चुनिए । प्रतियोगिताभर समान ७–७ गोल गरेका विट्सका लक्ष्मण मगर र त्रिनेत्रका निकानोर गुरूङ सर्वाधिक गोलकर्ता बने । उत्कृष्ट खेलाडीलाई बुढानीलकण्ठ नगरपालिकाका प्रवक्ता एवं वडा १० का अध्यक्ष नवराज भट्टराईद्वारा प्रायोजित खेल सामग्री प्रोत्साहनस्वरूप प्रदान गरियो । केभीएसले अनुशासित टिमको उपाधि हात पा¥यो ।

विजेतालाई उद्योग, वाणिज्य तथा आपुर्ति राज्यमन्त्री विमला विक, प्याब्सकका अध्यक्ष गेन्द्र लामा, महासचिव राजन श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।उक्त अवसरमा मनास्लु वल्र्ड कलेजका चेयरम्यान समेत रहेका प्याब्सकका अध्यक्ष लामाले प्रतियोगितामा सहभागी खेलाडीमध्ये ५ उत्कृष्ट खेलाडीलाई मनास्लुमा प्लस २ अध्ययनका लागि पँर्ण छात्रवृत्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । तीनदिने प्रतियोगितामा ३२ छात्र टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्