प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । पेरिस डाँडामा चलिरहेको बैठकमा
केन्द्रीय सदस्यहरु आफ्नो नागरिकतासहित पुगेका छन् ।

प्रचण्ड नेपाल समूहले आफ्नो पक्षमा बहुमत केन्द्रीय सदस्य रहेको दाबी पुष्टि गर्न नागरिकता र परिचयपत्रसहित उपस्थित हुन ह्वीप जारी गरेको थियो । पार्टी आधिकारिकता दाबीका लागि यो समूहले निर्वाचन आयोगमा केन्द्रीय सदस्यहरुको नागरिकता निर्वाचन आयोगमा प्रस्तुत गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्