प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरीको बहस सुरु



न्युजअफ नेपाल ,काठमाडौं ।

प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा एमीकस क्युरी सदस्य वरिष्ठ अधिवक्ता गीता पाठक संग्रौलाले बहस सुरु गरेकी छिन् । सर्वोच्चको संवैधानिक इजलासमा क्युरीका तर्फबाट अन्तिम सदस्यका रुपमा पाठकले बहस सुरु गरेकी हुन् ।

यसअघि वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतीशकृष्ण खरेल, विजयकान्त मैनाली र पूर्णमान शाक्यले बहस गरेका थिए । बहस गरेका चार वरिष्ठ अधिवक्तामध्ये तीन जनाले विघटन गलत रहेको भन्दै प्रतिनिधि सभा पुनःस्थापना हुनुपर्ने राय दिएका थिए । तर वरिष्ठ अधिवक्ता मैनालीले भने प्रधानमन्त्री केपी शर्मा ओलीले बाध्यताका कारण प्रतिनिधि सभा विघटन भएको राय दिएका थिए । यसअघि रिट निवेदकका पक्ष र विपक्षका कानुन व्यवसायीले बहस गरेका थिए । एमीकस क्युरी बहस सकिएपछि प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा नेतृत्वको संवैधानिक इजलासले फैसला सुनाउने तयारी गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्