प्रचण्डको सुरक्षा नेतृत्वमा मकवानपुरे ठिटो



हेटौंडा, (नेस) ।

 आफ्नै दलभित्रको विवाद उत्कर्षमा पुगेका बेला नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सुरक्षामा पूर्वजनमुक्ति सेनाको टोली खटिएको छ । प्रचण्डको सुरक्षाको जिम्मा लिनेमा मकवानपुरे युवा नेता तथा पूर्वलडाकू प्रकाश पाण्डे ‘परलोक’ हुनुहुन्छ । उहाँको कमान्डमा तालिमप्राप्त टिम खटिएको हो ।

शान्ति प्रक्रियामा आएदेखि नै उहाँ प्रचण्डको सुरक्षा टोलीमा हुनुहुन्थ्यो । उहाँ तत्कालीन वाईसीएल केन्द्रीय सचिव र मकवानपुरका नेकपा कार्यालय सदस्य हुनुहुन्छ । सरकारले सुरक्षाकर्मीको संख्या कटौती गरेस“गै प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका कमान्डरको टोली खटिएको हो । प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका बटालियन कमान्डर पाण्डेको टोली खटिएको छ । सरकारका तर्फबाट हाल प्रचण्डको सुरक्षामा दुई नेपाल प्रहरी र १६ जना सशस्त्र प्रहरीको टोलीमात्र छ

यसअघि उहाँको सुरक्षामा सशस्त्र प्रहरीबाट प्रहरी निरीक्षकसहित ४७ जना खटाइएको थियो । उहाँको सुरक्षामा खटिएका प्रहरी नायव उपरीक्षक (डीएसपी) नेतृत्वको टोली हटाएर प्रहरी नायव निरीक्षक (सई) पठाएपछि प्रचण्डको सुरक्षामा पूर्वजनमुक्ति सेनाका कमान्डर खट्न थालेका हुन् ।सशस्त्र प्रहरीले पनि प्रहरी निरीक्षक हटाएर सईकै नेतृत्वमा सुरक्षा परिचालन गरेको छ । राजनीतिक जानकारहरुका अनुसार दाहालले प्रधानमन्त्रीबाट हट्दा पनि नेपाल प्रहरीका डीएसपीकै नेतृत्वमा सुरक्षा लिने गर्नुहुन्थ्यो ।

केही दिनअघि गृह मन्त्रालयले विशिष्ट व्यक्तिको सुरक्षासम्बन्धी नया“ कार्यविधि जारी गरी विशिष्ट व्यक्तिलाई दिइने सुरक्षा संख्या तोकेपछि साविकमा दिइएको सुरक्षा फिर्ता गर्न प्रहरीलाई निर्देशन दिँदा सशस्त्र र जनपद प्रहरीले सुरक्षामा खटिएका कर्मचारी धमाधम फर्काउन थालेका थिए ।

प्रतिक्रिया दिनुहोस्