आयो भारतीको देउडा



सञ्चारकर्मी तथा गायिका सरिता भारतीले आप-नो नयाँ देउडा भाकाको गीत हे गाजलीको भिडियो दर्शकमाझ ल्याएकी छिन्।यो देउडा गीतमा सरिता भारती र हिमालयराज (हेमराज भट्ट) को युगल स्वर छ। गीतको लय पनि हिमालय राजकै हो। यसअघि आफुले हिमालयको देउडा गीत हे बैजुको भिडियोमा अभिनय गरेको गायिका सरिताले बताइन्। हे गाजलीको भिडियोलाई बुढासुब्बा डिजिटल युट्युब च्यालनबाट सार्वजनिक गरिएको छ। गीतमा राज सागरको संगीत, टेकेन्द्र याक्सोको संगीत संयोजन रहेको छ।

गीतको म्युजिक भिडियोमा अभिनेता यशराज गराचका साथ गायिका सरिता भारती स्वयं मुख्य भूमिकामा छिन्। यसराज र सरितासँगै यो गीतको भिडियोबाट मोडल तथा मेकअप आर्टिस्ट बिना रानामगर र जोयल्स बस्नेतले कलाकारका रूपमा डेब्यु गरेका छन्। गीत पत्रकार डब्बु क्षत्रीले लेखेका हुन्। भिडियोमा रामशरण उप्रेतीको छायांकन र भरत रेग्मीको सम्पादन रहेको छ।

प्रतिक्रिया दिनुहोस्