भारतीय खोप दुई सातामा आउँदै



An Israeli medical worker holds a coronavirus disease (COVID-19) vaccination, at Tel Aviv Sourasky Medical Center (Ichilov), on December 20, 2020. Photo by Miriam Alster/Flash90 *** Local Caption *** בישראל נגד נגיף הקורונה קורונה חיסון תל השומר איכילוב *** Local Caption *** בישראל נגד נגיף הקורונה קורונה חיסון תל השומר איכילוב

काठमाडौं, (नेस) ।

नेपाल सरकारले भारतबाट खरिद गर्ने कोरोनाविरुद्धको खोप दुई साताभित्र नेपाल ल्याउने स्वास्थ्य तथा जनसंख्या मन्त्रीले जानकारी गराउनुभएको छ ।मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले उक्त कुराको जानकारी गराउनुभएको हो ।

नेपालले भारतको सेरम इन्स्टिच्युटबाट कोरोनाविरुद्धको खोप खरिद गर्नका लागि मंगलबारको मन्त्रिपरिषद्को निर्णयअनुसार अग्रिम भुक्तानी गरेको कोभिसिल्ड खोप २० लाख डोज खरिद गर्न लागेको जानकारी गराउनुभयो उक्त खोप फागुन दोस्रो सातासम्म नेपाल झियाई २३ गतेबाट ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई खोप लगाउने कार्यक्रम तय भइसकेको मन्त्री त्रिपाठीले बताउनुभयो ।

स्वास्थ्य मन्त्रालयमा बुधबार बसेको इन्सिडेन्ट कमान्ड सिस्टमको बैठकले २३ फागुनदेखि ६० वर्षमाथिका नागरिकलाई कोभिडविरुद्धको खोप लगाउने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्