चीनले दिने खोपले नेपालमा पायो आकस्मिक स्वीकृति



न्युज अफ नेपाल,काठमाडाैं।

नेपाल सरकारले चीन सरकारद्धार नेपाललाई उपहार स्वरुप उपलब्ध गराउने भनेको ‘सार्स (कोभ(२ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’ लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । उक्त खोप चिनियाँ कम्पनी बेइजिङ इन्स्टिच्युट अफ वायोलोजिकल प्रोडक्ट कम्पनी लिमिटेडले उत्पादन गरेको कोरोना विरुद्धको खोप ‘सार्स कोभ २ भ्याक्सिन (भेरो सेल) इनएक्टीभेटेड’ आकस्किम प्रयोगका लागि अनुमति दिएको औषधि व्यवस्था विभागले जनाएको छ ।

औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा बुधबार औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि सो खोपलाई अनुमति दिएको जनाएको छ । अनुमति पाएसँगै चीनले निःशुल्क दिने भनेको ५ लाख डोज खोप आउने बाटो खुलेको छ ।

नेपालमा यसअघि अक्सफोर्ड एस्टाजेनेकाले विकास गरेको र सिरम इन्स्टिच्युट अफ इन्डियामा उत्पादन गरेको ‘कोभिसिल्ड’ खोप लाई अनुमति दिइसकेको छ । नेपालमा कोरोना बिरुद्धको खोप पहिलो पटक माघ ८ गते भारत सरकारले १० लाख डोज उपहार स्वरुप उपलब्ध गराएको थियो । माघ १४ गतेदेखि कोभिड विरुद्धको खोप अभियान सञ्चालन भएको थियो ।

पहिलो प्राथमिकतामा फ्रन्टलाइर्नस स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स, शबबाहन चालक, कारागारका कर्मचारी, कैदी, सफाईकर्मीलाई खोप लगाइएको थियो । त्यसैगरि पहिलो प्राथमिकतामा तोकिएका व्यक्तिबाट बचेको खोप दोस्रो प्राथमिकतामा पत्रकार, राजदुतावासका कर्मचारीहरु र यूएन एजेन्सीमा कार्यरत कर्मचारीलाई खोप लगाइएको थियो । सोही खोप सरकारी कार्यालयका कर्मचारीहरु र स्थानीय तहका जनप्रतिनिधि, पत्रकार, बैंकका कर्मचारी, संस्थानका कर्मचारीहरुलाई फागुन २ गते देखि ८ गते सम्म जिल्ला स्तरमा समेत लागउने कार्य जारी छ ।

प्रतिक्रिया दिनुहोस्